सुदूरपश्चिम प्रहरीले भालुको पित्त र यार्सासहित एक जनालाई पक्राउ गरेको छ ।
प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरीको संयुक्त टोलीले जुम्लास्थित कनिका सुन्दरी गाउँपालिका–३ का ५७ वर्षीय बिर्ख धामीलाई पक्राउ गरेको हो ।
उनको साथबाट १५० ग्राम तौल भएको भालुको पित्त र ५२५ ग्राम यार्सागुम्बा फेला बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनदेवी मन्दिर छेउबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीले सुरुमा २५ ग्राम यार्सा र भालुको पित्तसहित पक्राउ गरेको थियो । अनुसन्धान गर्दै जाँदा उनको डेराबाट थप ५०० ग्राम यार्सा फेला परेको जनाइएको छ । पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पठाइएको छ ।