प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।
संघीय संसद सचिवालयले शनिबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा चर्चामा रहेको एमसीसीसम्बन्धी प्रस्ताव भने परेको छैन ।
प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।यो बैठकमा सरकारबाट एमसीसीसम्बन्धी प्रस्ताव टेबुल हुने भनिँदै आए पनि कार्यसूचीमा राखिएको छैन ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा सरकारले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/७८ पेश गर्ने विषय मात्र छ ।