नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य तथा पुर्वमन्त्री प्रभु साहले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि सरकारी लुट आतंक सरह भएको बताएका छन् ।
नेता साहले जनताको कम्मर तोड्नेगरी पेट्रोलियम पदार्थमा पटक–पटक गरिइएको मुल्यवृद्धी फिर्ता लिन सरकारसंग माग समेत गरेका छन् ।
जनताले देख्न र महशुस गर्ने गरी विकास र समृद्धिको कार्यक्रम ल्याउन नसकेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जनताको दैनिक जिवनयापनका बस्तुको मुल्यमा समेत नियन्त्रण गर्न नसकेको बताए ।
‘परमादेशी गठबन्धन सरकारले प्रजातन्त्र दिवसकै दिन उपहार स्वरूप आम जनजीवीकासंग सम्बन्धित पेट्रोलियम पदार्थमा चर्को मुल्यबृद्धि गरेका छ’, साहले भने– ‘सरकारको निर्णयप्रती घोर विरोध छ, यथाशीघ्र मुल्यबृद्धि फिर्ता गर्न माग गर्दछुं ।’
‘राष्ट्रिय महत्व एवं गौरवका आयोजनहरु त धेरै परका कुरा भए, अहिले सामान्य रुपमा देश र जनताले देख्न र महशूस गर्न सक्ने गरी कुनैपनि किसिमका विकास र समृद्धिको कार्यक्रम ल्याउन नसक्ने तर जनभावना विपरीत कर, कमिशन, महंगी, भ्रष्टाचार, दण्डहिनता एवं लम्पसारवाद जस्ता जात्रा देखाउन सरकार अग्रसर रहेको’ साहले आरोप लगाए ।