नेपाल कम्युनिष्ट पार्टी (एमाले) को हिजो सम्पन्न जिल्ला अधिवेशनमा विवाद सृजना भएको छ । प्रतिनिधिहरुको सहमति बेगर सर्वसम्मत रुपमा अध्यक्ष लगायत पदाधिकारी चुनिएपछी विवाद शुरु भएको हो ।
एमाले छिरेका पुर्व माओवादहरुले आफुहरुलाई पाखा लगाएर अध्यक्षमण्डलले जिल्ला कमिटीको घोषणा गरेको आरोप लगाएको छन् । उनिहरुले पार्टी बिधान अनुसार लोकतान्त्रीक तरिकाले पुनः जिलला अधिवेशन गर्न माग समेत गरेका छन् ।
एमाले युवा नेता चन्द्रभुषण साहले अध्यक्षमण्डलको एकलौटी निर्णय दुर्भाग्यपुर्ण भएको र आफुहरुलाई मान्य नभएको बताएका छन् । साहले जिल्ला अधिवेशन विधिसम्मत नभएको बताउदै पुनः अधिवेशन गर्न पार्टी नेतृत्वसंग माग गरेका छन् ।
एमालेले अंगीकार गरेको माक्र्सवाद र लेनिनवादको मुल सिद्धान्त तथा जबजको मार्गदर्शन विपरिते प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धतिको अभ्यास नजरअन्दाज गर्दै अलोकतान्त्रिक तरिकाले घोषणा गरिएका पदाधिकारी आफुहरुलाई मान्य नभएको नेता साहले बताए ।
‘पार्टी एकताको मुल स्प्रिट विपरीत अवैधानिक, अलोकतान्त्रिक एवं एकपक्षीय रुपमा गरिएको जिल्ला अधिवेशनप्रति हाम्रो गम्भीर छ’, साहले भने– यस्ताखाले निर्णय हामि मान्दैनौ, पुनः अधिवेशन गर्नुपर्छ ।’
जिल्ला अधिवेशनमा नेकपाकालिन कमिटी र सदस्यलाई पार्टीको सदस्यको रुपमा स्वीकार नगरेको, न्यायोचित एवं विधिसम्मत रुपमा अधिवेशन प्रतिनिधि छनौट नगरेको, छनौट भएका प्रतिनिधिहरुलाई समेत चुन्न र चुनिन पाउने अधिकारीबाट बञ्चित गरिएको नेता साहको आरोप छ ।
एमाले सर्लाहीको अधिवेशनमा अध्यक्ष मण्डलले जिल्ला अध्यक्षमा राजनारायण साह, उपाध्यक्षमा विदुर प्याकुरेल, सचिवमा केदार खत्री, सहसचिवमा प्रकाश थापाको नाम घोषणा गरेको हो ।
पदाधिकारी सहित १ सय ४९ सदस्यीय जिल्ला कमिटि गठन हुनुपर्नेमा विवादका कारण सदस्यहरुको टुंगो लगाईएको छैन् ।