आइतबार संसदमा एमसीसी पेश भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पहिले नै उक्त परियोजनाको विपक्षमा उभिने निर्णय गरिसकेको प्रष्टोक्ति दिएका छन् ।
विवाद र विरोधका बीच सरकारले एमसीसी संसदमा टेबल गरे पनि माओवादी पार्टी र संसदिय दलले एमसीसीकाका विपक्षमा उभिने आफ्नो मत पहिले नै स्पष्ट गरिसकेको प्रचण्डको प्रष्टोक्ति छ ।
प्रचण्डले एमसीसी टेबुल गर्नुहुन्न भन्दै विरोधमा उत्रिएका प्रदर्शनकारीमािथ भएको प्रहरी दमनको विरोध गरेका छन् । साथै, गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि प्रचण्डले गरेका छन् ।