नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर पार्टीभित्रै फरक मत र विवाद देखिएपछि नेकपा एसले केन्द्रीय सचिवालय बैठक बोलाएको हो ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।
एमसीसी संसदमा पेश भएको विषयमा नेकपा एसभित्र विवाद चर्किएको छ ।
अध्यक्ष माधवकुमार नेपाल एसमीसीबारे केही दिनयता लचक देखिएका छन् भने सम्मानित नेता झलनाथ खनाललगायतले एमसीसीको कडा विरोध गर्दे आएका छन् ।