राजनितिमा दल त्याग तथा परिवर्तन सामान्य कुरा हो । अझै चुनावी माहौलमा पार्टी परिवर्तन गर्ने परम्परा त पुरानै छ ।
यसरी पार्टी परिवर्तन गर्नुको मुख्य कारण कि त पहिलाको पार्टीमा जिम्मेवारी नपाउनु हो, कि त राजनितिक उम्मेदवार हुने लोभ ।
तर डोटी जिल्लाको आदर्श गाउँपालिकामा माओवादी केन्द्रका एक नेता रक्सी खानका लागी एमालेमा प्रवेश गरेको समाचार बाहिर आएको छ ।
गत फागुन ७ गते आदर्श गाउँपालिका माओवादी केन्द्रका उपाध्यक्ष रण बहादुर नेपाली रक्सीकै झोकमा माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
गाउँमै आयोजित एमालेको कार्यक्रममा उनी रक्सी खाएर गएका थिए । त्यहाँ उनले अबिर माला लगाई पार्टी प्रवेश गरेका हुन् ।
माओवादीको पालिका संगठनकै उपाध्यक्ष एमालेमा प्रवेश गरेपछी पार्टीभित्र ठुलो चर्चाको बिषय बन्नु स्वभाविक थियो । घटनाबारे पार्टी हाईकमानमा खबर भएपछी नेता नेपाली भने पल्टेका छन् ।
भोलिपल्ट अर्थात फागुन ७ गते एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालिले आफूलाई एमालेका कार्यकतले रक्सी खुवाइ पार्टी प्रवेश गराएको आरोप लगाएका छन् ।
उनले आफू एमालेमा नगएको र माओवादी केन्द्रमै रहेको भन्दै आफूबाट भएको कमी कमजोरीप्रति क्षमा याचना समेत गरेका छन् ।
विज्ञप्तीमा उनले आफुलाई जुठो परेको बेला एमाले कार्यकर्ताले रक्सी खुवाएर अबिर माला लगाईदिएको समेत बताएका छन् ।