भारतको बिहार राज्यका पुर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई झारखण्डको एक अदालतले चारा घोटाला मुद्दामा दोषी ठहर गर्दै पाँच वर्ष जेल सजाय सुनाएको छ ।
भारतिय सञ्चारमाध्यमका अनुसार यादवलाई झारखण्डस्थित सिबिआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा थप ६० लाख भारतिय रूपैयाँ जरिवाना असुलउपर गर्ने निर्णय पनि गरेको छ ।
बिहार र झारखण्ड राज्य एउटै प्रदेश भएको बेला पशुलाई खुवाउन सरकारले ल्याएको चारा बितरण योजनाको चारा र पशुपालन सम्बन्धी भ्रष्टाचार काण्डका मुख्य आरोपी रहेका यादवलाई गत १५ फेबरुअरीमा अदालतले दोषी ठहर गरेको थियो ।
यसअघी सन २०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दाहरुमा समेत दोषी ठहर गरिएका यादवले ८ महिना जेलमा बिताएका । जेलमै स्वास्थ्य अवस्था खराब भएको भन्दै उनी ३१ महिना अस्पतालमा बसेका थिए । हाल जमानतमा रिहा भएका यादव फेरी जेल जाने भएका हुन् ।
सन १९९७ मा भएको उक्त घोटाला काण्डमा करिब १ हजार करोड भ्रष्टाचार भएको भारतिय जाँच एजेन्सीहरुदे दावी गरेका थिए ।