नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई चारमुखे भएको आरोप लगाएका छन् ।
प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। एमसीसी पास गर्नेमा प्रचण्ड र माधव नेपाल बीच देखिएको एक किसिमको भूमिकाले जनतामा भ्रम सिर्जना र व्यापक ध्रुवीकरण गर्न खोजिएको बताए ।
एमसीसीका मामलामा प्रचण्डले गरेको अपरिपक्व कदमका कारण समस्या भएका समेत बताए । नसका कारण एमसीसीको नाममा अहिले मुलुकमा एक किसिमको द्धन्द बनाउन खोजिएको आरोप लगाए ।
‘हामीले पहिला पहिला भगवान बर्माका चार मुख हुन्छन् भन्ने सुनेका थियौँ, तर आज प्रचण्ड र नेपालका चार-चार मुख देखिएका छन् एमसीसीमाका सम्बन्धमा,’ उनले भने, ‘उहाँहरू एमसीसी परियोजनालाई चिठ्ठी लेखेर पाँच महिना भित्र एमसीसी पास गर्छौँ भन्न पनि भ्याउनुहुन्छ । उहाँँहरु प्रधानन्याधिसलाई महाअभियोग लगायौ भने हामी एमसीसी पास गछौँ गठबन्धन पनि जोगाउँछौँ भन्न पनि भ्याउनुहुन्छ ।’
मुलुकलाई भिडन्त र द्वन्द्वमा लैजाने अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बनाउने परिस्थिति बनेको छ यसको जिम्मेवारी अहिलेको गठबन्धने लिनुपर्ने बताए । ‘आफ्ना कार्यकर्तालाई जुन रूपमा सडकमा पठाएर मुलुकमा द्वन्द्व सिर्जना भइरहेको छ नि यसको जिम्मेवारी चारमुखे प्रचण्ड र नेपालले लिनुपर्छ,’ उनले भने ।