अमेरिकी सहायता परियोजना एमसीसी रोक्न माग गरिएका दुई रिट दर्ता गर्न सर्वोच्च अदालतले दरपीठ (अस्वीकार) गरेको छ ।
अधिवक्ताहरु सुरेन्द्र भण्डारी र स्वागत नेपालले दर्ता गर्न लागेको एमसीसीविरुद्वको रिट अदालतले दरपीठ गरिदिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
एमसीसी संसदमा पेश भइसकेको भन्दै अदालतले उक्त रिटलाई दरपीठ गरिदिएको हो ।