सुदूरपश्चिम प्रदेशमा बुधबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १० जनाको परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो ।
संक्रमण पुष्टि भएकामध्ये छ जना बुधबार नै भारतबाट फर्किएका व्यक्ति हुन ।यो संगै प्रदेशभरी हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ४६७ पुगेको छ । हाल प्रदेशभरि ८५४ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
यसैगरी, हाल १९ जना संक्रमित अस्पताल भर्ना गरिएका छन् । जसमध्ये पाँच जनाको आइसीयु र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा चार जना अस्पतालबाट डिस्चार्ज भएका छन् । तेस्रो लहरको कोरोना संक्रमणमा अस्पताल भर्ना हुने दर कम रहे पनि संक्रमित बढीजसो बढीजसो वृद्धवृद्धा उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् ।