सरकारले गाँजालाई औषधिका रुपमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाँजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।
मन्त्रालयले विधेयक तयार गरी गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागु औषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
विधेयकमा गाँजाको उत्पादन, सङ्कलन, विक्री वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक पारित भइ कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ ।
यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ ।