कैलालीमा १३ किलो चरेस सहित एक जनालाई पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिकाबाट १३ किलो चरेस सहित ७० बर्षीय आइते जाग्री पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलिले चुरे गाउँपालिका ५ लिसबेलीमा घरभित्र भित्तामा रहेको माहुरी घार र धानको बोरा भित्र पोका बनाई लुकाई राखेको अवस्थामा उक्त परिणामको चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले बताए ।
जाग्रीले प्लास्टिकका १२ पोका बनाई बेरेको सो लागु औषध चरेस सहित पक्राउ गरिएको प्रवक्ता डिएसपी जोशीले जानकारी दिए । उनले जिग्रीको खानीडाडामा पसल समेत रहेको र उक्त पसलबाट नै चरेसको कारोबार गर्दै आइरहेको बताए ।
प्रहरीले जाग्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान र कारबाहीको लागी इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको बताएको छ ।