गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्था, कमजोरी र सुधारको अध्ययनका लागि छानबिन समिति बनाएको छ ।
फागुन ९ गते विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा बिना भिसा एक व्यक्ति पुगेको विषय ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले छानबिन समिति बनाएको हो ।
कतार उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा बिना नै व्यक्ति पुगेको घटनाको छानबिनका लागि मन्त्रालयले समिति बनाएको जनाएको छ ।
सुरक्षाको दृष्टिले अति नैं संवेदनशील विषय भएको भन्दै मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिलाई सात दिन भित्र प्रतिवेदन तयार गर्ने समय दिएको गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।