नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन जोगाउँदै एमसीसी पास गर्ने प्रयास भइरहेको बताएका छन् ।
शनिबार माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा शहीद सप्ताहको स्मृतिमा आज पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा प्रचण्डले सो कुरा बताएका हुन् । अमेरिकी सहयोग परियोजना एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेकोले सत्ता गठबन्धन जोगाउँदै एमसीसी पास गर्ने प्रयास भइरहेको प्रचण्डले स्पष्ट पारे ।
प्रचण्डले भने ‘कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटोस् भनेर अहिले हामी लागिराख्या छौं ।’
उनले अहिले पनि आफूहरु रक्तपातहीन युद्धमा रहेको बताए ।