पछिल्लो २४ घण्टामा १५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ र दुई हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ गरी १५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ५४० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ ।
हाल देशभर ८ हजार ८३९ जना सक्रिय सङ्क्रमित छन् ।