सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीले बैठक आज बिहान ११ बजे बोलाएको हो । बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा छलफल हुनेछ ।
प्रतिनिधिसभा बैठकअघि नेकपा एसले स्थायी कमिटी बोलाएको हो । सरकारमा भए पनि एकीकृत समाजवादीले यथास्थितिमा एमसिसी पास गर्न नहुने पक्षमा छ । यद्यपि, शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि भने नेकपा एस लचिलो देखिएको छ ।