आज बिहान सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । एमसीसीबारे छलफल गर्न बिहान १० बजे बस्ने बैठकमा एमसीसीबारे छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकले एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।गठबन्धनमा एमसीसीलाई लिएर एकमत छैन । नेकपा एकीकृत समाजबादी एमसीसीमा रहेका केही प्रावधान सच्याएर अगाडि बढ्नु पर्ने पक्षमा छ ।
जनता समाजवादीभित्र यसविषयमा एकमत छैन । डा. बाबुराम भट्टराई एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने उपेन्द्र यादव मौन छन् ।आज दिउँसो १ बजे संसद बैठक बोलाइएको छ । त्यसअघि गठबन्धनमा सहमति खोज्ने प्रयास स्वरुप बैठक बस्न लागेको हो ।