नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा जान इच्छुक नभएको बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
‘एमाले सरकार जना इच्छुक छैन तर एमाले नभई देश नचल्ने अवस्था सृजना हुन पनि सक्छ। त्यो भएमा त्यहाँ जानु पनि पनि हुन सक्छ,’ उनले भने । यस्तै उनले भोलिसम्ममा सरकार र गठबन्धनको छिनोफानो हुने बताएका छन् ।
‘संसदबाट एमसीसी पारित हुने र गठबन्धन फरक-फरक कुरा हुन् तर अहिलेको अवस्थामा गठबन्धन रहनेरनरहने विषय एउटै बन्न पुुगेको देखिन्छ’ पाण्डेले भने, ‘आज वा ढिलोमा भोलिसम्म गठबन्धन र सरकारको छिनोफानो हुन्छ ।’
पछिल्लो केही दिन यता प्रधानमन्त्री शेरबहादुर देउवासँग भइरहेको छलफलबाट पनि कुनै निष्कर्ष आउन नसकेको उनले जनाएका छन्। उनले प्रधानमन्त्री अरू विषयमा भन्दा बढी एमसीसीकै बारेमा गम्भीर हरेको हुँदा सहमति हुन नसकेको जनाए ।