चोरीका घटनाहरु त सामान्य छन्, घर–पसलको ताल्चा फोडी वा अन्य तरिकाले चोरी हुने गरेको घटना त धेरै सुनिया होला । तर काठमाडौ महानगरमा चोरहरुको चोरी गर्ने तरिका अन्तरराष्ट्रिय स्तरको देखिएको छ ।
शनिवार राती काठमाडौंको अतिव्यस्त तथा भिआईपी एरियामा यस्तै घट्ना सार्वजनिक भएको छ ।
काठमाडौं महानगरपालिका–१ नक्साल भगबतीबहालस्थित सगरमाथा कम्प्लेक्समा रहेको एनआइसि एसिया बैंकको एटिएम मेशिन फोड्डा फोड्दै एक चोर पक्राउ परेका छन् ।
एटिएम मेशिनबाट नगद चोरी गर्न मेशिननै फोडिरहेका काठमाडौंकै सानोगौचरण बस्ने आकाश तामाङलाई गएराति महानगरिय प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले तामाङलार्ई एटिएम फोड्न प्रयोग गर्ने औजार सहित फेला पारी पक्राउ गरेको हो ।
काभ्रे धुलिखेल नगरपालिका–७ स्थायी घर भएका २१ वर्षीय तामाङलाई थप अनुसंधानको लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।