नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेर नाराबाजी गरे पनि उक्त पार्टीकै सांसद डा. भीमबहादुर रावलले रोस्टममै पुगेर एमसीसीको विरोध गरेका छन् ।
रावलले एमसीसी जस्तो राष्ट्रिय महत्त्व र सुरक्षाको विषयलाई संसदमा व्यापक छलफल नगरि विरोधकै बीच र हतारमा पारित गर्न लागेको भन्दै विरोध गरे । उनले एमसीसीले नेपालको स्वाधीनतामाथि प्रहार गर्ने र नेपाललाई सुरक्षा चुनौती हुने दाबी गरे ।
रावलले एमसीसी सम्झौता पारित भए नेपाल उपेनिवेशीकरणको बाटोमा जाने बताए । उनले एमसीसीका कतिपय बुँदाहरु आपत्तिजनक रहेको भन्दै जनताले अस्वीकार गरेको एमसीसीलाई संसदले स्वीकार गर्न नहुने बताए । ‘राजनीतिक दलका केही नेताहरुको सत्ता स्वार्थ र गुटबन्दीका लागि स्वाधीनता विरोधी सम्झौता पारित गरिनु राष्ट्रहित विपरीत हुनेछ’, रावलले भने ।
व्याख्यात्मक टिप्पणी र संकल्प प्रस्तावको कुरा जनता झुक्याउने काम मात्रै हो’, रावलले भने । उनले एमसीसीमा समर्थन गर्नेहरु राष्ट्रिय गद्दार ठहर्ने दावी गरे ।