अभिनेता पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
१७ वर्षीय नाबालिग गायिकाले बलात्कारको उजुरी गरेपछि फरार रहेका शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।
अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज खड्काले जानकारी दिए ।
यस्तै, शाहविरुद्ध गैंडाकोटमा अर्को जबरजस्ती करणी जाहेरी परेको छ ।
आज गैंडाकोटस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी परेको र सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीप कुमार गिरीले जानकारी दिए ।