कोभिड महामारीको कारण चीन बाट फर्केका २०१५/२०१६ व्याचका विद्यार्थीको इन्टर्नसिप (प्रयोगात्मक शिक्षा) व्यवस्थापन कार्यान्वयन अत्यन्तै ढिलाइ भएको भन्दै एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरूले फेरि आन्दोलन सुरु गरेका छन् ।
सरकारले आफूहरूका मागहरू सम्बोधन नगरेको भन्दै उनिहरुले आजदेखि भोक हड्ताल र शान्तिपुर्ण धर्ना सुरु गरेका हुन् । केहि दिन अघि प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयलाई एक पत्र समेत पठाई सक्दा सो पत्रको कुनै वास्तानै गरेको भन्दै जिद्याथीले नेपाल मेडिकल काउन्सिको प्राङ्गणमा भोक हड्ताल र शान्तिपुर्ण धर्ना सुरु गरेका हुन् ।
गत पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नसिप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।तर, निर्णय भएको महिनौँ बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन गर्न आयोगले लापरवाही र ढिलासुस्ती गरेको भन्दै फेरि आन्दोलनमा उत्रिन बाध्य भएको बताएका हुन् ।
उनीहरूले विभिन्न किसिमका मानसिक तनाव एवम् सास्ती भोग्न बाध्य भएको बताएका छन् । २०१५/२०१६ व्याचका विद्यार्थीहरूको इन्टर्नसिप सम्बन्धित चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिलको दिशा निर्देशन अनुसार ढिलासुस्ती नगरी उचित समय अवधि (बढीमा १८ महिना) हुने गरी व्यवस्थापन कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध समेत गरेका छन् ।
उनीहरूले इन्टर्नसिपको व्यवस्था कार्यान्वयनमा नआउँदा सम्म आफूहरूको आन्दोलन जारी रहने जनाएका छन् ।