नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको मुख्य सडकमा सोमबार भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय गरेको छ ।
नयाँ बानेश्वरको मुख्य सडकमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद प्रेसर कुकर निष्क्रिय पारेको हो ।
साथै, सेनाले उक्त शंकास्पद वस्तु बम नरहेको जानकारी दिएको छ । प्रेसर कुकरभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको छ ।