युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस–युक्रेन सीमामा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी आज शान्तिवार्ता सुरु हुने जनाइएको छ ।
वार्तामा को–को सहभागी हुन्छन् भन्नेबारे विस्तृत रूपमा खुलाइएको छैन । बेलारुसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको छ ।
दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो । तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको किएभले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन् ।