अमेरिकी सहयोग नियोग अन्तर्गतको (एमसीसी) बारे धारणा नबनाई स्थगित भएको जनता समाजवादी पार्टी (जसपा) केन्द्रिय कार्यकारिणि समितिको बैठक आज पुनः बस्ने भएको छ ।
फागुन १३ गतेको लागि बोलाईएको बैठक एमसीसी बहसका कारण बिना निष्कर्ष स्थगित भएको थियो ।
संसदबाट एमसीसी पास भएपछी आज पुनः बैठक बस्न लागेको जसपा कार्यकारिणि सदस्य रामनरेश रायले बताएका छन्।
शनिबारको बैठकमा स्थानीय तहको निर्वाचन बारे मात्रै छलफल भएको थियो ।
पार्टीभित्र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षको असहमती लगायत बिभिन्न एजेण्डामा आज छलफल हुने नेता रायले बताए ।
आजको बैठकमा मुख्यतया सामूहिक र समानुपातिक नेतृत्व प्रणाली, संगठनात्मक कार्यको समीक्षा र समायोजन, कार्यकारणी समितिमा पदपूर्ति, कार्यकारणी समितिका सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पार्टीको विधान सम्मेलन लगायतका एजेन्डामा छलफल हुने रायले बताए ।
यसअघी शनिवारको बैठकमा स्थानिय निकाय निर्वाचनमा पार्टीले बनाउने उम्मेदवारहरुको टिकट बितरण बरिष्ठ नेता अशोक राईको हस्ताक्षरबाट हुनेगरी निर्णय गर्ने भनिएपनी त्यसको निर्णय भएको थिएन् ।