जनता समाजवादी पार्टीबाट अलग भएर निर्माण गरिएको लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) ले २८ वटा भातृ, जनवर्गिय तथा शुभेच्छुक संगठनहरु गठन गर्ने निर्णय गरेको छ ।
लोलपाको काठमाडौं स्थित केन्द्रिय कार्यालयमा सम्पन्न शिर्ष नेताहरुको बैठकले उक्त संगठनहरु निर्माण गरी सञ्चालन गर्ने निर्णय गरेको लोसपा नेता सुरेन्द्र कुमार झाले जनाएका छन् ।
पार्टीमा हरेक क्षेत्रका नागरिकलाई समेटेर जनताको मुद्दा उठाउने उदघोषका सांथ उक्त संगठनहरु निर्माण गर्न लागिएको नेता झाले बताए ।
निर्माण गर्न लागिएको संगठनहरु निम्न प्रकारका रहेका छन् ।
१.लोकतान्त्रिक बिधार्थी संघ
२. लोकतान्त्रिक युवा संघ
३. लोकतान्त्रिक महिला संघ
४. लोकतान्त्रिक प्राध्यापक संघ
५. लोकतान्त्रिक वुद्धिजिवी संघ
६. लोकतान्त्रिक शिक्षक संघ
७. लोकतान्त्रिक किशान संघ
८. लोकतान्त्रिक भुतपुर्व कर्मचारी संघ
९. लोकतान्त्रिक मुश्लिम संघ
१०. लोकतान्त्रिक दलित संघ
११. लोकतान्त्रिक आदिवासी जनजाती संघ
१२. लोकतान्त्रिक सांस्कृतिक तथा कलाकार संघ
१३. लोकतान्त्रिक चिकित्सक तथा स्वास्थ्य प्राविधिक संघ
१४. लोकतान्त्रिक ट्रेड युनियन संघ
१५. लोकतान्त्रिक पत्रकार संघ
१६. लोकतान्त्रिक थारु संघ
१७. लोकतान्त्रिक नाई संघ
१८. लोकतान्त्रिक अपांग संघ
१९. लोकतान्त्रिक भुतपुर्व प्रहरी संघ
२०. लोकतान्त्रिक भुतपुर्व सैनिक संघ
२१. लोकतान्त्रिक कृषि मजदुर संघ
२२. लोकतान्त्रिक ईन्जिनियर संघ
२३. लोकतान्त्रिक कानुन व्यवसायी संघ
२४. लोकतान्त्रिक गैसस संघ
२५. लोकतान्त्रिक खेलकुद संघ
२६. लोकतान्त्रिक उधोग वाणिज्य महासंघ
२७. लोकतान्त्रिक सहकारी संघ
२८. लोकतान्त्रिक प्रवास संघ