सुर्खेतको वीरेन्द्रनगरमा तनावग्रस्त बन्दै गए पछि सोमबार साँझ ८ः१५ बजेदेखि भोलि साँझ ७ बजेसम्मका लागि कफ्यू जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भोलि साँझ ७ बजेसम्मका लागि कफ्यू जारी भएको जानकारी दिए । एमसीसीको विरुद्धमा आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित विभिन्न राजनीतिक दलहरुले गरेको बन्दमा सुर्खेतमा आगजनी र तोडफोड भएको छ ।
बन्दकर्ताहरुले सुर्खेतका विभिन्न दलका पार्टी कार्यालयहरु तोडफोड गरेका छन् । साँझसम्म पनि बन्दकर्ताहरुले तोडफोड जारी राखेका छन् । उनीहरुले नेकपा एमाले, नेपाली काँग्रेसको पार्टी कार्यालय तोडफोड तथा आगजनी समेत गरेका छन् ।
साथै उनीहरू नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तर्फ बढेको स्थानीयल बताएका छन् । प्रहरी र बन्दकर्ताबीच साँझ ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रहरीले केही बन्दाकर्तालाई पक्राउ गरेको छ ।