जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकमा अध्यक्ष उपेन्द्र यादव ‘व्याकपुट’मा पुगेका छन् ।
बैठकले बिगतमा एकलौटी रुपले पार्टी सञ्चालन गर्दै आएका यादवको अधिकार कटौती गरेपछी उनि व्याकफुटमा आएका हुन् ।
संघीय सरकारमा स्वजातियहरुलाई मात्रै मन्त्री बनाएका यादवको व्यापक बिरोध भएपछी केन्द्रिय कार्यकारिणि बैठकले उनको अधिकारमा व्यापक कटौती गरेको हो ।
शिर्ष नेताहरुको निर्णयलाई समेत नमानेर पार्टीभित्र ‘एकलौटी निर्णय गर्ने गरेको’ भन्दै ‘सामूहिक र समावेशीको नेतृत्व’ को माग गर्दै आएका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षधरको व्यापक दबाब पछि अध्यक्ष यादवको अधिकारमा कटौती गरिएको जसपाका एक नेताले बताए ।
बैठकले स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयनमा अध्यक्ष यादवकोे अधिकार कटौती गर्दै हस्ताक्षरको अधिकार पार्टीका बरिष्ठ नेता अशोक राईलाई दिएको छ ।
अबदेखी स्थानीय तहको निर्वाचनमा जसपाका उम्मेदवारको मनोनयन अशोक राईको हस्ताक्षरले मात्र प्रमाणित हुनेछ । यसअघि सो अधिकार यादवले आफैसंग राखेका थिए ।
बैठकमा सहभागि एक कार्यकारिणि सदस्यका अनुसार यादवले आफ्नो हस्ताक्षर चल्नुपर्ने अडान राखका थिए, तर बहुमत सदस्यले हस्ताक्षरको अधिकार राईलाइर्नै दिनुपर्ने निर्णय गरेका थिए ।
बैठकले पार्टीको एकल नेतृत्व गर्दै आएका यादवको थप अधिकार कटौती गर्दै यादव, डा.भट्टराई र राई नेतृत्वको केन्द्रीय बोर्ड समेत गठन गरेको छ ।
जसपाको हरेक निर्णयको आधिकारिक्ता तिनै बोर्ड सदस्यको हस्ताक्षरपछी मात्रै हुने छ । उक्त निर्णयको जानकारी निर्वाचन आयोगदेखि सम्बन्धित निकायलाई गराईने छ ।
कार्यकारिणि बैठकले निर्वाचन आयोगदेखि अन्य निकायसम्म आधिकारिक पत्राचार गर्ने जिम्मेवारी समेत यादव पक्षबाट खोसेको छ । अब उपरान्त ति निकायहरुका सम्पर्क व्यक्तिको रुपमा डा.भट्टराई पक्षिय गंगा श्रेष्ठ र प्रकाश अधिकारलाई चयन गरिएको छ ।
बैठबाट पार्टीको विधान अधिवेशन अषाढ १ र २ गते, संघिय परिषद बैठक फागुन २८ गते, केन्द्रिय समितिको बैठक फागुन २९ र ३० गते गर्ने निर्णय गरेको छ भने ३ सदसिय स्थानीय तह निर्वाचन निर्देशिका तयारी समिती गठन गरेको छ । समितिमा हिसिला यमी, मनिष सुमन र नवराज सुवेदी रहेका छन् ।