विवेकशील साझा पार्टी सुदूरपश्चिम संयोजक गोपाल हमालले पार्टीबाट राजीनामा दिएका छन् ।
हमालले आजकै मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्य नरहने गरी राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
‘मेरो स्थायी बसोबास रहेको धनगढी उपमहानगपालिकाका बासिन्दाले फेरि स्वतन्त्र भएरै उम्मेदवार बन्न सुझाव दिएका छन्,’ पार्टीका अध्यक्षलाई बुझाइएको राजीनामा पत्रमा उल्लेख छ, ‘लामो समयसम्म राजनीति गर्ने मेरो सोच पनि नरहेको र अन्तिमपटक स्थानीय निर्वाचन लड्ने तयारी भएकाले आजकै मितिदेखि पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराउदछु ।’
हमाल २०७४ साउन २८ गते विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक भएका थिए ।