लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले बाराको दुई उपमहानगरपालिकाहरुमा पार्टीका नगर अध्यक्ष मनोनित गरेका छन् ।
लोसपाको आन्तरिक बिधान अनुसार केन्द्रिय अध्यक्ष महन्थ ठाकुरले कलैया उपमहानगरपालिकाको नगर अध्यक्षमा जयप्रकास साह तेली तथा जितपुर–सिमरा उपमहानगरपालिकाको नगर अध्यक्षमा शिवजी साह सोनारलाई मनोनित गरेका हुन् ।
मनोनित गरिएका दुबैनेता पार्टीका बिभिन्न संगठनहरुमा रहेर काम गरिसकेका छन् । यसअघीको स्थानिय निर्वाचनमा कलैया उपमहानगरपालिकाको मयेर पदका प्रत्यसी समेत रहेका जयप्रकाश साह तेलीलाई पार्टीको नगर अध्यक्षको जिम्मेवारी दिईएको लोसपा नेता डा.कमरुल्लाह अंसारीले जनाए ।
स्थानिय निकाय निर्वाचनलाई लक्षित गरी लोसपाले देशैभरी पार्टी संगठन विस्तार तथा सुदृढिकरणका लागी नेताहरुलाई जिम्मेवारी दिएको छ ।
यसअघी अध्यक्ष ठाकुरले मधेश प्रदेशका ८ वटै जिल्ला लगायत १७ जिल्लाका अध्यक्षहरु मनोनित गरिसकेका छन् । मनोनित गरिएका जिल्ला अध्यक्षले पालिका तथा क्षेत्रिय अध्यक्षहरु मनोनित गरिरहेका छन् ।
पार्टीको आन्तरिक बिधानमा महानगर र उपमहानगर कमिटिका अध्यक्षको मनोनय केन्द्रिय समितिले गर्ने प्रावधान छ ।