सुर्खेतको वीरेन्द्रनगरमा सोमबार रातिबाट लगाइएको कर्फ्यू मंगलबार साँझ ७ बजेबाट लागू हुनेगरी हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो ।
एमसीसीको विरोधमा वीरेन्द्रनगर तनावग्रस्त बन्दै गएपछि हिजो सवा ८ देखि मङ्गलवार बेलुकी ७ बजेसम्म कर्फ्यु जारी गरिएको थियो । अहिले ७ बजेदेखि अर्को आदेश नहुन्जेलसम्मका निषेधाज्ञा जारी गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
उनले अप्रिय घटना नघटेको र शान्तिपूर्ण अवस्था रहेकाले कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको बताए । वीरेन्द्रनगरका यरीचोक, मंगलगढी चोक र हटियालाइन क्षेत्रमा मंगलबार साँझ ७ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो । यी ठाउँमा पाँच जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ ।