कतारको दोहास्थित नेपाली दूतावासले सोमबारदेखि कतारमा रहेका नेपालीलाई ई–पासपोर्ट जारी गरी वितरण सुरु गरेको छ।
सोमवार दूतावासमा पहिलो ई–पासपोर्ट हस्तान्तरण गर्दै कार्यवाहक राजदूत लक्ष्मण खनालले कतारमा रहेका नेपालीहरूलाई ई–पासपोर्ट उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।
दूतावासका अनुसार १५ फब्रुअरीसम्म आवेदन दिएका आवेदकहरूमध्ये ४२५ जनाको ई–पासपोर्ट राहदानी विभागबाट प्राप्त भइसकेकाले सोमबारबाटै राहदानी वितरण सुरु गरिएको जनाएको छ ।
यसअघि, दूतावासले ६ फेब्रुअरी मा प्रत्यक्ष नामाङ्कन प्रणालीमार्फत् ई–पासपोर्ट आवेदन प्राप्त गर्न थालेको थियो । कतारमा रहेका नेपाली नागरिकहरूलाई राहदानी विभागको वेबसाइटबाट इलेक्ट्रोनिक रूपमा ई–पासपोर्टका लागि प्रि–इनोल्मेन्ट फारम भरेपछि तोकिएको मितिमा मात्र प्रत्यक्ष नामाङ्कनका लागि सम्बन्धित कागजातसहित दूतावास आउन अनुरोध गरिएको छ ।