आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ ।
संसद् सचिवालयका अनुसार आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । सम्भावित कार्यक्रमको कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
त्यसपछि संस्कृति, नागरिक तथा उड्डयन मन्त्री प्रेम आलेले दुई विषयवस्तु प्रस्तुत गर्नेछन् । प्रधानमन्त्री देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने भएका हुन् । मन्त्री आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको विधेयक नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रस्ताव गर्नेछन् ।