राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार १४ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन् ।
जसमा राप्रपा महाधिवेशनमा महामन्त्रीमा पराजित भएकी नायिका रेखा थापा पनि केन्द्रीय सदस्य मनोनीत भएकी छन् ।
यी हुन् मनोनीत १४ केन्द्रीय सदस्यः
इलामकी लीलादेवी श्रेष्ठ, नवलपुरकी विन्दु पौडेल, धनुषाकी प्रेक्षा मल्ल, सर्लाहीकी मीना झा, सुर्खेतकी सन्तोषी शाही ठकुरी, रूपन्देहीकी स्वाती थापा, कपिलबस्तुकी पुष्पा रजौरिया, काठमाडौंकी लक्ष्मी तण्डुकार, उदयपुरकी समृद्धि राणा, चितवनकी मीना न्यौपाने, धादिङकी शान्ति माया गुरुङ, सप्तरीकी जयाकुमारी महतो र काठमाडौंकी सावित्रा थापा ।
आजै राप्रपाको पदाधिकारी तथा केन्द्रीय समिति बैठक बस्दैछ । बिहीबारसम्म सञ्चालन हुने बैठकमा स्थानीय चुनावतयारीलगायत विभिन्न समसामयिक विषयमाथि छलफल हुनेछ ।