जनता समाजवादी पार्टी नेपाल (जसपा) को मंगलवार सम्पन्न केन्द्रिय कार्यकारिणि समितिको बैठकले पर्साबाट निर्वाचित सांसद प्रदिप यादवमाथीको कारवाही फुकुवा गरेको छ ।
बैठकले सांसद यादवको कार्य कुशलताको प्रशंसा गर्दै जसपाको फागुन २९ र ३० गते हुने केन्द्रिय समितिको बैठकले केन्द्रिय समितिमा मनोनय गर्ने र थप संगठनात्मक जिम्मेवारी दिने संद्धान्तिक सहमति समेत गरेको छ ।
संघीय सरकारमा मन्त्री पठाउने विषयमा अध्यक्ष उपेन्द्र यादवले पार्टीका शिर्ष नेतृत्वको निर्णय बिरुद्ध एकलौटी रुपमा मन्त्रीहरु पठाएपछी सांसद यादव समर्थकहरुले त्यसको बिरोध गरेका थिए ।
पार्टीमा योगदान दिएका व्यक्तिलाई मन्त्री नबनाई आफ्नो पकेटका मान्छेलाई मन्त्री बनाएको भन्दै सांसद यादव समर्थित कार्यकर्ताहरुले विरगञ्जदेखी काठमाडौंसम्म अध्यक्ष उपेन्द्रको पुतला जलाउँदै बिरोध गरेका थिए ।
आफ्नै कार्यकर्ताहरुले पार्टी अध्यक्षको बिरोध गरेपछी अध्यक्ष उपेन्द्र समर्थित नेताहरुले सांसद यादवमाथी कारवाही गर्न दवाव बनाएका थिए ।
पार्टी माहासचिव रामसहाय प्रसाद यादवको नेतृत्वमा बनेको छानबिन समितिले अध्यक्षको बिरोधमा सांसद यादवको उक्साहट रहेको भन्दै उनलाई ६ महिलाको लागि पार्टीबाट निलम्बन गरेको थियो ।
मंगलवार सम्पन्न भएको कार्यकारिणि बैठकमा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सांसद यादवमाथीको कारवाही फिर्ता हुनुपर्ने कुरा उठाएपछी त्यसबारे छलफल भएको जसपा कार्यकारिणि सदस्य प्रकाश अधिकारीले बताए ।
डा.भट्टराईको कुरामा अधिकांश सदस्यहरु सहमत भएपछी सांसद यादवमाथीको कारवाही फिर्ता लिने र उनलाई केन्द्रिय समितिमा बढुवा गर्दै थप जिम्मेवारी दिने सहमति भएको अधिकारीले बताए ।
कारवाही फिर्ता भएपछी सांसद यादवले सत्यको जित भएको बताएका छन् । नेपालिपब्लिकसंग कुरा गर्दै सांसद यादवले आफुले पार्टीलाई विधि र प्रकृया अनुसार चलाउनुपर्ने माग गरेको बताएका छन् ।
‘कुनैपनी राजनितिक दल विधि–प्रकृया तथा पार्टीको बिधान अनुसार चल्नु पर्दछ’, सांसद यादवले भने– ‘म र मेरा समर्थकले त्यही प्रकृया पालन गर्न आवाज उठाएका हौं, म माथिको कारवाहि फिर्ताले कार्यकर्तामा उत्साह जागेको छ, सत्यको जित भएको छ ।’
केन्द्रिय कार्यकारिणिको निर्णयले आगामि स्थानियदेखी प्रदेश तथा केन्द्रसम्मको निर्वाचनमा दृढताका सांथ काम गर्ने उत्साह प्रदान गरेको भन्दै सांसद यादवले जसपालाई पर्सा जिल्लामा पुनः एक नम्बरको पार्टी बनाउन आफु क्रियाशिल हुने बताए ।