संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि शंकास्पद वस्तु राख्ने पक्राउ परेका छन् ।
काभ्रेको भुम्लो गाउँपालिका–२ सिमथली घर भई हाल काठमाडौंको चावाहिल बस्ने बर्ष २१ को सुवास महत रहेका छन् । विप्लव समूहको विद्यार्थी संगठनको पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष रहेको महतलाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो ।
सोमबार संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु भेटिएको थियो । प्रेसर कुकर बमभित्र इँटाको टुक्रा, कागज र प्लास्टिकहरु मात्रै भेटिएको थियो ।