राप्रपा नेपालका कमल थापाले १६ केन्द्रीय पदाधिकारीको मनोनयन गरेका छन् ।
बुधबार अध्यक्ष थापाले पार्टी विधान अनुसार ६ उपाध्यक्ष, चार महामन्त्री र ६ जना सहायक महामन्त्री मनोनयन गरेका हुन् ।
पार्टी प्रवक्ता सुरेश आचार्यका अनुसार राजीव पराजुली, उद्धव पौडेल, जयकुमार खड्का, राजेन्द्रकुमार वीर राय, विष्णु भण्डारी र लाक्पा तामाङ उपाध्यक्ष बनेका छन् ।
त्यसैगरी भाष्कर भद्रा, सुशील श्रेष्ठ, इन्द्र चित्रकार, राजाराम बर्तौला महामन्त्री बनेका छन् भने हरिकृष्ण श्रेष्ठ, धरम गुरुङ, अम्बिकाप्रसाद ढकाल, शिवकुमार बास्तोला, ममता राई र शशिरञ्जन यादव सहायक महामन्त्री बनेका छन् ।
फागुन ७ गते राप्रपा नेपाल पार्टी घोषणा गरेका थापाले पार्टीको कार्यसमिति चयन गरेका हुन् ।