नेपाली काँग्रेस कैलालीको सभापति चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा नारायणदत्त भट्ट विजयी भएका छन ।
निर्वाचन समितीका अनुसार नारायणदत्त भट्ट १ हजार ३५९ मतका साथ विजयी भएका छन् भने प्रत्यासी प्रकाश बमले १०९६ मत प्राप्त गरेका थिए ।
जिल्लामा कूल २ हजार ५७६ जना प्रतिनिधि रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ४६७ मतदाताले मतदान गरेका थिए भने १२ मत बदर भएको थियो ।