नेपाली काँग्रेसको विभिन्न कारणले बाँकी रहेको मधेश प्रदेशका ८ सहित १६ जिल्लाको अधिवेशन धमाधम भईरहेको छ ।
विहिवार पर्सा जिल्लामा सम्पन्न जिल्ला अधिवेशनमा संस्थापन (देउवा) पक्षको पुरै प्यानल विजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा पदाधिकारी तर्फको अन्तिम मत परिणाम सार्वजनिक हुँदा देउवा पक्षिय सभापति पदका उम्मेदवार जनार्दन सिंह क्षेत्रीको सम्पुर्ण प्यानल नै विजयी भएक छ ।
क्षेत्री प्यानलले र संस्थापान इतरका सभापती पदका उम्मेदवार श्याम प्रसाद पटेलको प्यानललाई ठुलो मतान्तरले पराजित गरेका हुन् ।
निर्वाचन अधिकृत नरेन्द्र बहादुर केसीका अनुसार जिल्ला सभापतिमा क्षेत्रीले पटेललाई ४ सय ६५ मतको अन्तरले पराजित गरेका हुन् । सिंहले १ हजार १ सय १० मत ल्याउँदा पटेलले केवल ६ सय ४५ मत पाएको केसीले जनाए ।
त्यसैगरी उपसभापतिमा क्षेत्री प्यानलकै रामनारायण प्रसाद कुर्मी र अशोक कुमार गुप्ता विजयी भएका छन् भने सचिवमा इम्तियाज आलम र दिनेश कुमार चौधरी विजयी भएका छन् । त्यस्तै सह–सचिवमा नविन सिं र मदन राउत अहि विजयी भएका छन् ।
काँग्रेस पर्सामा जम्मा ६७ पदका लागि १ हजार ७ सय ७९ प्रतिनिधिहरुले मतदान गरेको निर्वाचन अधिकृत केसीले जनाएका छन् ।
बारामा कोईराला प्यानलका रामानन्द यादवको सम्भावना बढी
विवादै विवादका कारण हुननसकेको काँग्रेस बाराको सभापतिका लागी ३ उम्मेदवार आ–आफ्नो प्यानलका सांथ चुनावी मैदानमा उत्रेका छन् ।
संस्थापन पक्षकै २ उम्मेदवार प्रतिस्पर्धामा आएपछी संस्थापन ईत्तर (कोईराला) पक्षका उम्मेदवारले बाजि मार्ने आंकलन गरिएको छ ।
सभापतीका लागि देउवा पक्षका शम्भु बहादुर बुढाथोकी तथा राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् ।
भोली हुने मतदानका लागी तिनवटै प्यानलका उम्मेदवारहरु प्रतिनिधिहरुलाई आफ्नो पक्षमा पार्न प्रयासरत छन् ।
काँग्रेसको कुल २ हजार ४ सय ८० प्रतिनिधि (मतदाता) रहेको बारामा ७ पदाधिकारी सहित ८० जनाको कार्यसमितिको लागि २ सय ३२ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले जनाएका छन् ।
यस्तो रहेको छ प्यानल अनुसारका उम्मेदवारहरुको नामावली
