एउटा विस्फोटपछि युक्रेनको तटनजिक एउटा मालवाहक पानीजहाज डुबेको छ।
सो जहाजका मालिक रहेका इस्टोनियाका व्यक्तिले त्यसबारे जानकारी गराएका हुन्। विस्फोट कसरी भयो भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन।
जहाजका मालिकले युक्रेनको स्थानीय राहत सेवाले चालकदलका दुई सदस्य र अन्य चार जनाको उद्धार गरेको पनि बताएका छन्।
उक्त जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो।