काठमाडौं उपत्यकामा साधारण चोरीका घटनाहरु त सामान्य छन्, तर सामुहिक रुपमै पुर्व योजना बनाएर लुट मचाउने समुहका ८ जनालाई महानगरिय प्रहरीले पक्राउ गरेको छ ।
महानगरिय प्रहरीका अनुसार फागुन १२ गते काठमाडौंको नयाँ बजारमा रहेको समृद्ध फार्मेसीका सञ्चालकलाई नक्कली प्रहरी भनेर लुट्ने समुहका ८ जना फक्राउ परेका हुन् ।
प्रहरीका अनुसार साँझकोे समयमा फार्मेसीका संचालक राजेन्द्र साँकीलाई आफुहरु प्रहरी भएको र तपाईँको पसलबाट अबैध औषधी बिक्री बितरण हुने गरेको भन्दै खानतलासी गर्ने बहाना बनाएका लुटेराहरुले उनलाई नियन्त्रणमा लिई लुटपाट गरेका हुन् ।
फामेर्सीमा एक्लै भएका साँकीलाई नियन्त्रणमा लिएका लुटेराहरुलाई काउन्टरमा भएको नगद, साथमा रहेको मोबाईल फोन, उनले लगाएको घडी, विभिन्न तिन बैंकको खाताबाट ई–सेवामा पठाएको नगद सहित आठै जनालाई पक्राउ गरिएको महानगरिय प्रहरीले जनाएको हो ।
यसरी लुटपाट गर्नेहरुमा काठमाडौंको विभिन्न स्थानहरुमा बसी लुटपाट मचाउँदै आएका देबि प्रसाद धिताल, शंकर रेग्मी, हिकमत महत्त, सुबास रतोकी, मिलन बोहरा, भविन्द्र बेगा, योगेन्द्र बहादुर चन्द र कमल सुनार रहेका छन् ।
जबर्जस्ती लुटपाट गर्ने कार्यमा संलग्न रहेका आठै जनालाई थप अनुसांधानका लागी महानगरिय प्रहरी प्रभारमा राखिएको प्रहरीले जनाएको छ ।