किसानको माग पुरा गरेर मात्रै स्थानिय निर्वाचन गर्न माग गर्दै जनमत पार्टीले आज मधेशका जिल्लाहरुमा प्रदर्शन गरेको छ ।
जनमत पार्टीको पुर्वनिर्धारित कार्यक्रम अनुसार कार्यकर्ताहरुले प्रदर्शन गर्दै आज जिल्ला निर्वाचन कार्यालयहरुमा धर्ना समेत दिएका छन् ।
उनिहरुले निर्वाचन आयोगमा दर्ता भई चुनाव चिन्ह पाएका दलहरुलाई स्थानिय निर्वाचनमा सोही चुनाव चिन्हबाट चुनाव लड्न पाउनुपर्ने माग समेत गरेका छन् ।
यता जनमत पार्टी बाराको आयोजनामा कार्यकार्ताहरुले आज कलैया स्थित जिल्ला निर्वाचन कार्यालयमा धर्ना दिनुका सांथै जुलुस समेत प्रदर्शन गरेका छन् ।
पार्टीका बारा जिल्ला सचिव विजय गुप्ताले महिनौदेखी भईरहेको किसान आन्दोलनलाई सम्बोधन नगरी जबरदस्ती स्थानिय निकायको निर्वाचन गर्न खोजे त्यसको प्रतिकार गर्ने बताएका छन् ।
उनले किसानहरुको माग पुरा गर्नुपर्ने र सबै दलहरुलाई आफ्नो चुनाव चिन्हमा चुनाव लड्न पाउनुपर्ने माग समेत गरेका छन् ।