नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको छ । आइतबार (फागुन २२) देखि लागू हुने गरि संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।
संघले आन्तरिक उडानतर्फ ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । आइतबारदेखि लागू हुने गरी तोकिएको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा भाडा वृद्धि भएको छ ।
विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले भाडा वृद्धि गरिएको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले भाडा वृद्धि भएको बढेको छ ।
यस्तै, काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाडौं–भद्रपुर ३०० रुपैयाँ, काठमाडौं–सुर्खेत ३४५ र काठमाडौं–नेपालगञ्जको ३३० रुपैयाँले भाडा वृद्धि गरिएको छ ।
नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि ह्वाई उडान कम्पनीहरुले पनि भाडा वृद्धि गर्न बाध्य भएका हुन् ।
