प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकका सम्भावित कार्यसूची सार्वजनिक भइसकेको छ ।
जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।
संसद बैठकअघि सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रमुख प्रतिपक्ष एमालेले संसदमा अवरोध कायमै राख्ने जनाएको छ । एमालेले गत २३ भदौदेखि लगातार संसद् अवरोध गर्दै आएको छ ।