निर्वाचन आयोगले निर्वाचनमा प्रयोग हुने सामग्री हेलिकोप्टर, ट्रक, कन्टेनरबाट ढुवानीका लागि फर्मरकम्पनी सूचीकृत गर्न आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्रीहरू ढुवानी गर्न निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ बमोजिम हेलिकोप्टर, ट्रक र कन्टेनरबाट ढुवानी गर्न तथा कुरियर सेवा सञ्चालन गर्ने फर्मरकम्पनी सूचीकृत गर्नुपर्ने भएकाले सो सूचना जारी गरेको आयोगले जनाएको छ ।
आयोगले सूचना जारी गर्दै सात दिन भत्र दर्ताका लागि आह्वान गरेको हो । सूचीकृतका लागि ढुवानी तथा कुरियर सेवा सञ्चालनका लागि इजाजत प्रमाणपत्र र तीन आर्थिक वर्षको कारोबार अंक खुलेको प्रमाणपत्र संलग्न गर्न आयोगको आग्रह छ ।
कुरियर सेवा प्रदान गर्न इच्छुक फर्मरकम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लामा रहेको टेलिफोनरमोबाइल नम्बरसहितको विवरण निवेदनसाथ पेस गर्नपर्ने सूचनामा उल्लेख छ ।आगामी बर्ष २०७९ मा स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदै छ ।