दमौलीमा भीषण आगलागी भएको छ ।
स्थानीय भूपाल हार्डवेयर पसलको गोदामबाट आइतबार बिहान साढे १० बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
आगो नियन्त्रणका लागि हेलिकोप्टर प्रयोग गरिने भएको छ । काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर पनि आगलागी नियन्त्रणका लागि पुगेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पनि काठमाडौंबाट पानीसहितको हेलिकप्टरमा दमौली प्रस्थान गरेका छन् ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले आगो निभाउने प्रयास जारी रहेको बताए । दमकललगायत सुरक्षाकर्मी आलो नियन्त्रणका लागि लागिरहेका छन् ।
क्षतिको विवरण आउन बाँकी छ ।