बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले विश्व नेताहरूलाई युक्रेनमा रुसले गरेको "भयानक" आक्रमण विफल तुल्याउन नयाँ प्रयास गर्न आह्वान गरेका छन्।
उनले रुसी राष्ट्रपति पुटिनमाथि दबाब कायम राख्न ६ बुँदे योजना बनाएका छन्।
यस्ता छन् ती योजना:
· विश्व नेताहरूले युक्रेनको लागि "अन्तर्राष्ट्रिय मानवीय गठबन्धन"लाई परिचालन गर्नुपर्छ।
· सबैले युक्रेनले "आत्मरक्षाको लागि गरेको प्रयासहरूमा" साथ दिनुपर्छ।
· रुसमाथि आर्थिक दबाब बढाउनुपर्छ।
· अन्तर्राष्ट्रिय समुदायले युक्रेनमा रुसले आफ्नो गतिविधिलाई सामान्य बनाउने प्रवृत्तिको प्रतिरोध गर्नुपर्छ।
· युक्रेनको वैध सरकारको पूर्ण सहभागितामा मात्र युद्धको कूटनीतिक समाधान खोज्नु आवश्यक छ।
· नेटो देशहरूबीच "सुरक्षा र लचिलोपन सुदृढ गर्न द्रुत अभियान" अघि बढाउनु पर्छ।
जोनसनले सोमवार डाउनिङ स्ट्रिटमा हुने क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र डच प्रधानमन्त्री मार्क रुटेसँगको बैठकमा आफ्नो सन्देश प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।