सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सोमबारसम्मको लागि स्थगित भएको छ ।
आइतबार बस्ने भनिएको बैठक सोमबारसम्मको लागि स्थगित भएको हो । समय अभाव तथा थप गृहकार्य गर्नुपर्ने भन्दै बैठक स्थगित भएको बताइएको छ ।
फागुन २० गते शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रीय समितिको बैठक थप गृहकार्य गरेर आज बस्ने भनिएको थियो ।
यसअघि शुक्रबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समसामयिक राजनीतिक विषयमा रिपोर्टिङ प्रस्तुत गरेका थिए ।