प्रतिनिधिबारे विवाद भएपछी स्थगित भएको नेपाली काँग्रेस रौटहटको अधिवेशन फागुन २३ गते हुने भएको छ ।
शनिवार हुने भनिएको निर्वाचनमा मतदान गर्ने प्रतिनिधिहरुले प्रमाणपत्र नपाएका कारण भोट दिन नपाईने भएपछी विवाद भएको थियो ।
विवादपछी अनिश्चितकालका लागी स्थगित भएको निर्वाचन प्रकृया दुवै पक्षको सहमती पछी फागुन २३ गते गर्ने निर्णय भएको रौटहटबाट पत्रकार अभिमन्यु पटेलले जनाएका छन् ।
त्यसैगरी जिल्ला सभापतिका उम्मेदवारले नै अरुको नाममा ‘बोकस’ भोट खसालेपछी विवाद भएको बारा काँग्रेसको निर्वाचन रद्द भएको छ ।
सभापतिका उम्मेदवार रहेका कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवले अनियमितता गर्न थालेपछी अन्य पक्षले विरोध गरेका थिए । पछी निर्वाचन समितिले मतदान कार्य स्थगित गर्दै मतपेटीकामा खसालिएको मतपत्र जलाएको थियो ।
स्थगित भएको निर्वाचन गर्न सर्वपक्षिय बैठक कलैयामा शुरु भएको छ । बैठकले निर्वाचनको आगामी मिति तय गर्नेछ ।
सभापतीका उम्मेदवार रहेका यादव सहित, शम्भु बुढाथोकी र रामानन्द यादव बैठक स्थलमा पुगिसकेको र आजै निर्वाचनको मिति तोकिने नेपाली काँग्रेस कलैया उपमहानगर कमिटिका सचिव मुकेश यादवले जनाए ।